२०८३, आश्विन २० गते

images
  • समाचार
  • सिआईबीमा पुगे व्यवसायी उपेन्द्र महतो, यस्तो...

सिआईबीमा पुगे व्यवसायी उपेन्द्र महतो, यस्तो छ कारण

सिआईबीमा पुगे व्यवसायी उपेन्द्र महतो, यस्तो छ कारण

बिहिवार, श्रावण १४ २०८३१२:५९
बिहिवार, श्रावण १४ २०८३१२:५९
  • images

    काठमाडौँ । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित अनुसन्धानका क्रममा व्यावसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका छन्।

    सिआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार महतो स्वेच्छाले अनुसन्धानका लागि ब्यूरोमा उपस्थित भएका हुन्। उनीसँग अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

    सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी स्वामित्वमा क्षति पुर्‍याउने प्रयास भएको आशंकापछि सिआईबीले यस प्रकरणमा विस्तृत अनुसन्धान अघि बढाएको हो।

    यसै प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए। सरकारी नियन्त्रणमा आइसकेको सम्पत्तिको बदनियतपूर्वक लिलामी गर्न बैंकलाई मञ्जुरी दिएको आरोप उनीमाथि लागेको छ।

    अनुसन्धानका क्रममा लिलामी प्रक्रियामा संलग्न रहेको आरोपमा पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। सिआईबीले घटनामा संलग्न अन्य व्यक्ति र प्रक्रियाबारे समेत अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend