२०८३, आश्विन २० गते

images
  • समाचार
  • सकियो राष्ट्रिय सुरक्षा परिषद्को बैठक, के...

सकियो राष्ट्रिय सुरक्षा परिषद्को बैठक, के के भयो निर्णय ?

सकियो राष्ट्रिय सुरक्षा परिषद्को बैठक, के के भयो निर्णय ?

बिहिवार, श्रावण १४ २०८३०२:२०
बिहिवार, श्रावण १४ २०८३०२:२०
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाको समीक्षा गर्दै भावी सुरक्षा रणनीतिबारे व्यापक छलफल गरेको छ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रक्षासचिव केदारनाथ शर्माले मुलुकको समग्र सुरक्षा अवस्था, विद्यमान चुनौती तथा तिनको सामना गर्ने रणनीतिबारे विस्तृत छलफल भएको जानकारी दिनुभयो।

    उहाँका अनुसार देशमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न संघीय सरकारसँगै प्रदेश तथा स्थानीय तहसँग प्रभावकारी समन्वय गर्दै अघि बढ्ने निर्णय बैठकले गरेको छ।

    बैठकमा हालै सुनसरीमा भएको घटनाको समीक्षा गर्दै त्यहाँको सुरक्षा अवस्था थप सुदृढ बनाउने तथा यस्ता घटना दोहोरिन नदिने उपायबारे पनि छलफल गरिएको छ।

    यसैगरी, वर्षायाममा बढ्दो प्राकृतिक विपद्लाई मध्यनजर गर्दै विपद् प्रतिकार्य, राहत तथा उद्धार कार्यलाई अझ प्रभावकारी, तीव्र र समन्वयात्मक ढंगले सञ्चालन गर्ने विषयमा पनि परिषद्ले आवश्यक निर्णय गरेको रक्षासचिव शर्माले जानकारी दिनुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend