२०८३, आश्विन २० गते

images
  • समाचार
  • गृहमन्त्री गुरुङको निर्देशनमा मधेस–कोशीका संवेदनशील क्षेत्रमा...

गृहमन्त्री गुरुङको निर्देशनमा मधेस–कोशीका संवेदनशील क्षेत्रमा ड्रोन निगरानी तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा मधेस–कोशीका संवेदनशील क्षेत्रमा ड्रोन निगरानी तीव्र

शुक्रवार, श्रावण १५ २०८३०२:२०
शुक्रवार, श्रावण १५ २०८३०२:२०
  • images

    काठमाडौं । गृहमन्त्री सुदन गुरुङको निर्देशन तथा गृह मन्त्रालयको समन्वयमा मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत सुरक्षा अनुगमनलाई तीव्र बनाइएको गृह मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, भीड व्यवस्थापन तथा शान्ति–सुरक्षा अवस्थाको प्रभावकारी निगरानीका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको हो। त्यसअनुसार स्थानीय प्रशासन र सुरक्षा निकायले संयुक्त रूपमा ड्रोनमार्फत संवेदनशील क्षेत्रको निरन्तर अनुगमन गरिरहेका छन्।

    सुरक्षा निकायले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अफवाह फैलाउने, उत्तेजक गतिविधि गर्ने वा कानुनविपरीत कुनै पनि कार्यमा संलग्न व्यक्तिमाथि प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने स्पष्ट पारेको छ।

    गृह मन्त्रालयले नागरिकलाई भ्रामक सूचना, अफवाह वा कुनै पनि प्रकारको उक्साहटमा नपर्न आग्रह गर्दै संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेको छ।

    मन्त्रालयले शान्ति, सुरक्षा र कानुनी शासन कायम राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक परे थप सुरक्षा उपायसमेत अवलम्बन गरिने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend