२०८३, आश्विन २० गते

images
  • समाचार
  • चुनिखेलमा फरार लुटेरा पक्राउ गर्न गोली...

चुनिखेलमा फरार लुटेरा पक्राउ गर्न गोली चल्यो, खुकुरीसहित नियन्त्रणमा

चुनिखेलमा फरार लुटेरा पक्राउ गर्न गोली चल्यो, खुकुरीसहित नियन्त्रणमा

सीएनएन खबर
आइतवार, श्रावण १७ २०८३०९:५८
सीएनएन खबर
आइतवार, श्रावण १७ २०८३०९:५८
  • images

    काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाट गरी फरार रहेका एक आरोपितलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको छ।

    प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्न खोज्दा उनले साथमा रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षा तथा नियन्त्रणका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ।

    गोली लागेर घाइते भएका तामाङलाई प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ। उनीबाट घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    घाइते तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend