२०८३, आश्विन २० गते

images
  • समाचार
  • पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुवैतर्फी सञ्चालन,...

पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुवैतर्फी सञ्चालन, सावधानीपूर्वक यात्रा गर्न आग्रह

पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुवैतर्फी सञ्चालन, सावधानीपूर्वक यात्रा गर्न आग्रह

सोमवार, श्रावण १८ २०८३११:३३
सोमवार, श्रावण १८ २०८३११:३३
  • images

    काठमाडौँ । नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । 

    आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो ।

    डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक रोकिएको थियो भने अन्य ठाउँमा लेदो खसेर सडकको छेउमा थुप्रिएको थियो । 

    ती ठाउँको पहिरो पन्छाएसँगै बिहान १०ः०० बजेपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । 

    तुइन खोलाको पहिरो त्यस क्षेत्रमा निर्माणको काम गरिरहेको कम्पनीले स्वयंले पहिरो पन्छाइरहेको छ । अन्य ठाउँको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरी पन्छाइएको छ । सो सडक खण्डमा भने सिमसिम पानी परिरहेको घिमिरेले जानकारी दिए। 

    त्यस क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न समेत सवारी चालक र यात्रुलाई आग्रह गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend