२०८३, आश्विन २० गते

images
  • समाचार
  • सम्झौतापछि मधेसमा चहलपहल बढ्यो, कर्फ्यु हटेसँगै...

सम्झौतापछि मधेसमा चहलपहल बढ्यो, कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै

सम्झौतापछि मधेसमा चहलपहल बढ्यो, कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै

सोमवार, श्रावण १८ २०८३१२:३१
सोमवार, श्रावण १८ २०८३१२:३१
  • images

    काठमाडौँ । अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल पढ्दै गएको छ ।
     
    सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गणेश यादवको मृत्यु भएपछि  बिहीबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो । 
     
    गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात्  मधेस प्रदेशमा लयमा फर्किन थालेको हो । 
     
    धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्युु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ ।   
     
    स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताए । 
     
    सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सूचना जारी गर्दै आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend