२०८३, श्रावण २५ गते

images
  • समाचार
  • परराष्ट्रका सहसचिव भट्टराई सीआईबीको नियन्त्रणमा, यस्तो...

परराष्ट्रका सहसचिव भट्टराई सीआईबीको नियन्त्रणमा, यस्तो छ कारण

परराष्ट्रका सहसचिव भट्टराई सीआईबीको नियन्त्रणमा, यस्तो छ कारण

images
सोमवार, श्रावण १८ २०८३०२:०७
सोमवार, श्रावण १८ २०८३०२:०७
  • काठमाडौँ । परराष्ट्र मन्त्रालयका बहालवाला सहसचिव पुष्पराज भट्टराईलाई राहदानीसम्बन्धी मुद्दामा प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार दिउँसो भट्टराईलाई पक्राउ गरेको हो। उनीविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ।

    अनुसन्धानका क्रममा भट्टराई शाखा अधिकृतको जिम्मेवारीमा रहेका बेला तिब्बती शरणार्थीलाई जारी गरिने यात्रा अनुमतिपत्रको दुरुपयोग भएको आरोप लागेको छ। गृह मन्त्रालयको सिफारिसका आधारमा मात्रै यस्तो अनुमति जारी गर्नुपर्ने कानुनी व्यवस्था भए पनि भारतीय शरणार्थी शिविरमा रहेका व्यक्तिहरूलाई फर्जी कागजातका आधारमा यात्रा अनुमति उपलब्ध गराइएको अनुसन्धानबाट खुलेको बताइएको छ।

    प्रहरीका अनुसार उक्त प्रक्रियामार्फत मानव तस्करीमा संलग्न सञ्जाललाई सहयोग पुगेको आशंकामा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

    सीआईबीले अदालतमा दर्ता भएको मुद्दाका आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। मुद्दासम्बन्धी अन्य व्यक्तिको संलग्नता तथा घटनाको विस्तृत पक्षबारे पनि अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend