२०८३, आश्विन २० गते

images
  • समाचार
  • सिन्धुली दुर्घटना अपडेटः सुनकोशीमा खसेको कारमा...

सिन्धुली दुर्घटना अपडेटः सुनकोशीमा खसेको कारमा पूर्व वडाध्यक्षसहित तीन जना बेपत्ता

सिन्धुली दुर्घटना अपडेटः सुनकोशीमा खसेको कारमा पूर्व वडाध्यक्षसहित तीन जना बेपत्ता

सोमवार, श्रावण १८ २०८३०३:४५
सोमवार, श्रावण १८ २०८३०३:४५
  • images

    काठमाडौँ । सिन्धुलीमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कारमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का पूर्व वडाध्यक्ष तथा निर्माण व्यवसायी दिलकुमार लामासहित तीन जना बेपत्ता भएको खुलेको छ।

    प्रहरीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सडक किनारमा रोकिएको कारलाई यात्रुवाहक बसले ठक्कर दिएको थियो। ठक्करपछि कार अनियन्त्रित हुँदै सुनकोशी नदीमा खसेको हो।

    दुर्घटनामा परेको कार मध्यपहाडी लोकमार्ग निर्माण आयोजनामा कार्यरत ठेकेदार दिलकुमार लामाको रहेको प्रहरीले जनाएको छ।

    कारमा सवार पूर्व वडाध्यक्ष तथा ठेकेदार दिलकुमार लामा, गोलञ्जोर गाउँपालिका–१ डुड्भञ्ज्याङका एक्स्काभेटर चालक गणेश थापा र नाम तथा ठेगाना खुल्न बाँकी रहेका एक जना हेल्पर नदीमा बेपत्ता भएका छन्।

    घटनापछि इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा अन्य सुरक्षा निकायका उद्धारकर्मी घटनास्थलमा परिचालित भएका छन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend