२०८३, आश्विन २१ गते

images

अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही गरिने

अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही गरिने

सीएनएन खबर
मंगलवार, आश्विन २२ २०८११२:५१
सीएनएन खबर
मंगलवार, आश्विन २२ २०८११२:५१
  • images

    काठमाडौं । बजार अनुगमनका क्रममा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई प्रशासनले कानून वमोजिम कारबाही गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरुले असहयोग गरेका थिए ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत संलग्न भएको उक्त अनुगमनमा मन्त्री भण्डारी फर्केपछि केहि व्यवसायीले कर्मचारीमाथी नै अभद्र व्यवहार गरेका थिए ।

    सोमबार व्यवसायी सहित कालिमाटी फलफुल तथा तरकारी विकास समिति अध्यक्ष, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र वाणिज्य विभाग लगायतका नियमनकारी निकायले कानुन अनुसार कारवाही गर्ने निर्णय गरेका हुन् ।

    व्यवसायीहरुले अहिले मात्रै नभई विगतमा समेत असहयोग र अभद्र व्यवहार गर्दै आएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । व्यवसायीले अनुगमन प्रभावित गर्ने कृयाकलाप गरेमा उनिहरुको दर्ता खारेजी गरिने प्रजिअ आचार्यले बताए ।

    सोमबार नियमनकारी निकायले गरेका निर्णयहरुमा अनिवार्य रुपले मूल्य सूची राख्नुपर्नेे, अनुगमनमा अनिवार्य रुपले सहयोग गर्नुपर्ने, अनुगमनमा असहयोग गरेका व्यवसायीलाई नियम वमोजिम कारवाही गर्ने, सम्पूर्ण व्यवसायीले कारोबारको बिलबीजक अनिवार्य रुपले राख्नुपर्ने, विकास समितिको परिसर भित्रको सरसफाईमा विशेष ध्यान दिने लगायत रहेकाछन् ।

    आइतबार मन्त्री भण्डारीले गर्नुभएको छड्के अनुगमनका क्रममा माछा पसल र तरकारी पसलमा सरसफाइ नगरेको भेटिएको थियो भने अस्वभावीक मुल्यबृद्धि गरेको पाइएको थियो ।

    मन्त्री भण्डारीले कालोबजारी र अस्वभावीक मुल्यबृद्धि गर्ने व्यवसायीलाई तत्काल कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले बजार पारदर्शी बनाउन कुनै कसर बाँकि नराखिने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend