काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ) लाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिईन ।
बोर्डको सीईओका लागि ८ जनाको नाम अन्तरवार्तामा छनोट भएको थियो । तर, सरकारले उनलाई नियुक्त गरेको हो ।
काठमाडौं महानगरपालिका–८, गोकर्णेश्वरका सुमन मान सिंह बस्न्यात, कागेश्वरी मनोहरा–९, काठमाडौंका डा। सरोज कोइराला, शान्तिनगर, काठमाडौंकी याङकी उक्याव, लहान–१३, सिराहाका बखतबहादुर शाही, महाराजगञ्ज–३, काठमाडौंका मनोज पौडेल, दुल्लु–१३, दैलेखका इन्जिनियर मधु प्रसाद भेटुवाल, ललितपुर–३, धोविघाटका जितेन्द्र धिताल तथा बुढानीलकण्ठ–६, काठमाडौंका डा। मुकुन्द प्रसाद पौड्याल अन्तवार्ताका लागि छनोट भएका थिए ।
सीईओ सिफारिस समितिमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले संयोजक, योजना आयोगको उपाध्यक्ष डा। गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदिप ढकाल सदस्य छन्।

