२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सीतापाइलामा गुडिरहेका ४ वटा गाडी एक-आपसमा...

सीतापाइलामा गुडिरहेका ४ वटा गाडी एक-आपसमा ठोक्किए, एक जना घाइते

सीतापाइलामा गुडिरहेका ४ वटा गाडी एक-आपसमा ठोक्किए, एक जना घाइते

मंगलवार, आश्विन २२ २०८१०३:१४
मंगलवार, आश्विन २२ २०८१०३:१४
  • images

    काठमाडौं । काठमाडौंको सीतापाइलामा चार वटा गाडी एक-आपसमा ठोक्किएका छन्। मंगलबार बिहान साढे ११ बजेतिर चार वटा गाडी एक आपसमा ठोक्किएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले जानकारी दिए।

    उनका अनुसार गुडिरहेको बस, मोटरसाइकल, कार र डिआइ गाडी एक-आपसमा ठोक्किएका हुन्। बा १६ च ६३३७ नम्बरको गुडिरहेको कारलाई बागमती प्रदेश ०२०३४ प नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोजेको थियो। 

    एक्कासि कारले ब्रेक लगाएर रोकेपछि पछाडिबाट आएको बा ४ ख ७९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको थियो। कारमा ठोक्किएर मोटरसाइकल लडेको थियो। ठोक्किएको कार विपरीत दिसातर्फ जाँदा विपरीत दिसाबाट आइरहेको बा १० च ८७७५ नम्बरको डिआइ गाडीमा लागेको थियो।

    दुर्घटनामा परेर मोटरसाइकल चालक काठमाडौं कलंकी बस्ने ५० वर्षीय हर्कबहादुर खड्का घाइते छन्। उनलाई मनमोहन अस्पतालमा लगिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend