२०८३, आश्विन २१ गते

images
  • समाचार
  • धौलागिरि हिमाल आरोहणका क्रममा पाँच जना...

धौलागिरि हिमाल आरोहणका क्रममा पाँच जना पर्वतारोही मृत्यु

धौलागिरि हिमाल आरोहणका क्रममा पाँच जना पर्वतारोही मृत्यु

मंगलवार, आश्विन २२ २०८१०४:३०
मंगलवार, आश्विन २२ २०८१०४:३०
  • images

    काठमाडौं । म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोही मङ्गलवार मृत भेटिएका छन् ।

    धौलागिरि हिमालको हाई क्याप आधार शिविरबाट आइतबार देखि हराएका रसियाका आरोहीहरूको शव मङ्गलवार सात हजार एक सय मिटरको उचाइमा भेटिएको हो ।

    रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले पुष्टि गर्नुभएको छ । उहाँका अनुसार हाई क्यापमा बास बसेर त्यहाँ देखि माथि जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्क विहीन भएका पर्वतारोहीहरूको हेलिकप्टर मार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन ।

    घटनास्थलबाट हेलिकप्टर मार्फत शव ल्याउने तयारी भएको डिएसपी श्रेष्ठले बताउनुभयो । हराएका पर्यटक खोज्न हेली एभरेस्टको हेलिकप्टर परिचालन भएको थियो । उनीहरू आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत धौलागिरि हिमाल आरोहणका लागि आएका थिए ।

    धौलागिरि हिमाल आरोहणका क्रममा सात हजार छ सय मिटर उचाइमा उनीहरू दुर्घटनामा परेको अनुमान गरिएको छ । आरोही समूहका एक जना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएको छ ।

    चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । चालु शरद याममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend