२०८३, आश्विन २१ गते

images

मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

बुधवार, आश्विन २३ २०८१०५:२०
बुधवार, आश्विन २३ २०८१०५:२०
  • images

    काठमाडौँ । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठानिन् । मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उनी नजिकैको भृकुटिमण्डपस्थित काठमाडाैँ ‘फन पार्क’ पुगिन ।

    फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले मोबाइल बिर्सिएपछि बुढाथोकी भन्छिन, ‘मोबाइल हेर्नुभन्दा त फन पार्कमा खेलाउनु नै ठिक नि ।’ दसँैंतिहार पर्वको अवसरमा सबै विद्यालय बन्द छन् । बालबालिका स्कुल बिदा भएकाले घरमै बस्न बाध्य छन् । बालबालिकालाई भुलाउने र खेलाउने थलो खोज्दै अभिभावकले फन पार्क रोजेका हुन् ।

    डिल्लीबजारकी लक्ष्मी श्रेष्ठ अचेल नातिनातिनिलाई घुमाउन फन पार्क र बाल उद्यान पुग्छीन । दसैँतिहार पर्वमा एक महिनाको स्कुल बिदा भएकाले दिनभरी बालबालिकालाई खेलाउन उनलाई बाल उद्यान खोज्नु परेको हो । 

    कोठामा राख्दा राख्दै केटाकेटीले खाली मोबाइल र टेलिभिजनमा झुम्मिने बानीदेखि जोगाउन उनले पनि फन पार्क घुमाउन आउने गरेको बताईन । भृकुटिमण्डपस्थित फन पार्कमा नातिनातिलाई खेलाउँदै गरेकी श्रेष्ठले खुला चौर र प्रशस्त खेल्ने स्थानको अभाव भएको हुँदा बालबालिकालाई फन पार्क ल्याउनु परेको सुनाइन । 

    ‘घर वरिपरि खेल्ने न आँगन ठूलो छ न चौर नै’, उनले भनिन, ‘कोठामा थुनिरहनुभन्दा फन पार्क घुमाउन आउँछु ।’

    शान्तिनगरकी भगवती महर्जनलाई सात वर्षे छोराको मानसिक र शारीरिक विकासमा निकै चासो छ । स्कुल बिदाको समयमा उहाँ जति सक्दो धेरै छोरासँग खेल्न र खेलाउन रुचाउँछिन् । ‘फन पार्कमा आउँदा म पनि बच्चा जस्तै हुन्छु’, उनले भनिन, ‘पर्वको बेला परिवार र छोराछोरीलाई भरपुर समय दिने मन हुन्छ ।’

    महर्जनले भने जस्तै, बानेश्वरका संजोग जैशीले जागिरको व्यस्तता छिचोल्दै १० वर्षको छोरी लिएर फन पार्कमा रमाउन आएको बताइन । स्कुल हुँदा छोरी र बुबाको भेटघाट नै मुस्किलले हुने गर्ने बताउँदै उनले छुट्टीमा सकभर छोरीलाई खेलाउने योजना रहेको बताईन ।

    ‘बिहानै स्कुल पुग्ने छोरी बेलुका कामबाट फर्किँदा निदाइसकेकी हुन्छिन्’, उनले भनिन, ‘स्कुल बिदा भएपछि खुसीले फुर्किएकी छोरी घुमाउने अभिभावकको जिम्मेवारी महसुस भएको छ ।’ जैशीले छोरीलाई खानपिन र किनमेलमा भन्दा पनि धेरैभन्दा फन पार्कमा खेलाउन उपयुक्त हुने बताइन । फन पार्कमा खेल्दा बाहिरी मौसम नियाल्दै थुप्रै जीवन उपयोगी ज्ञान आर्जन गर्न सकिने उनले बुझाइछ ।

    यस्तै बागबजारकी सम्झना कार्कीको अहिले पूरै समय दुई छोराकै लागि छुट्याएकी छिन् । चाडपर्वमा एक महिना स्कुलले बिदा दिएपछि उनी  छोराछारीप्रति झनै व्यस्त भएकी हुन् । स्कुल बिदामा अभिभावकले बालबालिकालाई खुसी बनाइराख्न विभिन्न उपाय अपनाउनुपर्छ । जसमा कार्कीले फन पार्कमा खेलाएरै उनीहरुलाई रमाइलो गराउने गरेको उनले सुनाइन ।

    ‘समयले भ्याएसम्म बाल उद्यान (खेल्ने ठाउँ) लैजान्छु’, उनले भनिन, ‘केटाकेटी खुसी भए, हामी अभिभावक यसै खुसी भइँदोरहेछ ।’ उनका अनुसार काठमाडाँैमा बालबालिकाले खेल्ने प्रशस्त बालमैत्री उद्यान नभएको गुनासो छ । रत्नपार्क र काठमाडौँ फन पार्क बाहेक अन्य बालमैत्री उद्यानको अभाव रहेको उनले सुनाइन ।

    पर्वको अवसरमा झन्डै एक महिना स्कुल बिदा भएपछि फन पार्कमा बालबालिका खेल्ने र घुम्न आउने सङ्ख्या बढेको काठमाडौँ फन पार्कका कर्मचारी राजकुमार खत्रीले बताए । उनका अनुसार अरु बेला शनिबार बालबालिकाको बढी घुइँचो लाग्ने गथ्र्याे भने अहिले हरेक दिन बालबालिका आउन थालेका छन् । दसैँतिहार पर्वमासमेत फन पार्क खुला हुने उनले बताए ।

    दसँैतिहार पर्व मनाएपछि रमाइलो गर्न चाहने बालबालिकाका लागि फन पार्कमा खुला हुने गरेको उनले जानकारी दिए । विगतको अनुभव सुनाउदैँ दसैँको टीका लगाएर अभिभावकले छोरोछोरी फन पार्कमा खेलाउन ल्याउने गरेको खत्रीले बताए । ‘सानादेखि ठूलाले पर्वमा फन पार्क आएर रमाइलो गर्नुहुन्छ,’ उनले भने, ‘काठमाडाँै बाहिर जानेहरुको सङ्ख्या धेरै भएकाले पर्वको बेला चाप भने कमै हुन्छ ।’

    दसैँतिहार जस्ता चाडपर्वमा बालबालिकाले देखेर, सुनेर र अनुभव गरेर धेरै बाहिरी ज्ञान आर्जन गर्न सक्ने डा अरुण कुँवरले बताइन । यसका लागि परिवार र आफन्तले बालबालिका अनुकुल समय दिनु आवश्यक छ । छोराछोरीको व्यक्तित्व विकास गर्न र सामाजिक अन्तरघुलन स्वभाव उजागर गराउन अभिभावकले सकेसम्म घरबाहिरै खेलाउन उपयक्तु हुने उनको धारणा छ । ‘बाहिर जति केटाकेटी खेल्छन्, उति मोबाइल जस्ता डिजिटल लतबाट टाँढिन सजिलो हुन्छ,’ डा, कुँवरले भनिन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend