२०८३, आश्विन २१ गते

images

रुकुम पश्चिम जाँदै गरेको गाडी दुर्घटना

रुकुम पश्चिम जाँदै गरेको गाडी दुर्घटना

बिहिवार, आश्विन २४ २०८११०:३२
बिहिवार, आश्विन २४ २०८११०:३२
  • images

    काठमाडौं । नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो ।
    गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए । उनका अनुसार घाइते १६ जनामध्ये ४ जनाको अवस्था मध्यम र अन्य १२ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम पठाइएको छ । 
    दुर्घटनापछि चालक सल्यान कुमाख ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खत्रीले रातोपाटीलाई जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend