२०८३, आश्विन २१ गते

images
  • समाचार
  • हनुमान ढोका र गोरखादरबारको  दशैंघरमा फूलपाती...

हनुमान ढोका र गोरखादरबारको  दशैंघरमा फूलपाती भित्र्याइयो

हनुमान ढोका र गोरखादरबारको  दशैंघरमा फूलपाती भित्र्याइयो

बिहिवार, आश्विन २४ २०८१०७:०५
बिहिवार, आश्विन २४ २०८१०७:०५
  • images


    काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।   

    गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको थियो । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट गएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उनले बताए ।      
         
     हनुमानढोका दरबारको नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैंघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्रकालमा रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष पनि संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी भएका थिए ।      

    गोरखा दरबारको दशैंघरमा फूलपाती भित्र्याइयो    

    गोरखा दरबारस्थित दशैंघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । 
         
     आज गोरखा दरबारबाट निस्किएको लावा लस्करसहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दशैंघरमा भ्यिाइएको उनले बताए ।      

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend