२०८३, आश्विन २१ गते

images
  • समाचार
  • नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने,यस्तो...

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने,यस्तो छ रुट

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने,यस्तो छ रुट

बिहिवार, आश्विन २४ २०८१०७:५४
बिहिवार, आश्विन २४ २०८१०७:५४
  • images

    काठमाडौं । नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ । दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको हाे । 

    एउटा बस रिङरोडभित्रका सर्वसाधारणहलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधरणलाई चढाउनेछ ।

    काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

    यसैगरी, अर्को २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।

    po.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend