२०८३, आश्विन २१ गते

images
  • समाचार
  • जीप दुर्घटनामा दुई जनाको मृत्यु, २८...

जीप दुर्घटनामा दुई जनाको मृत्यु, २८ घाइते

जीप दुर्घटनामा दुई जनाको मृत्यु, २८ घाइते

शनिवार, कार्तिक ३ २०८१०६:३३
शनिवार, कार्तिक ३ २०८१०६:३३
  • images

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।  

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहती भएको हो। 

    अनकन्टार पहाडमा दुर्घटना भएकाले ढिला गरी उद्धार भएको थियो। घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ। क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend