काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पोखराले विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा लागु गरेको हो ।
यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।


