२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित...

रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

आइतवार, कार्तिक ४ २०८१०२:०८
आइतवार, कार्तिक ४ २०८१०२:०८
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनलाई अदालत लगिएको हो ।

    सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको हो । 

    शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सोही दिनको राति नै पोखरा ल्याइएको थियो ।

    लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय, कास्कीबाहिर विरोध प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend