२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ओली सरकारविरूद्ध देशभरिबाट उत्रन आह्वान गर्छु:...

ओली सरकारविरूद्ध देशभरिबाट उत्रन आह्वान गर्छु: रवि लामिछाने (भिडिओ)

ओली सरकारविरूद्ध देशभरिबाट उत्रन आह्वान गर्छु: रवि लामिछाने (भिडिओ)

आइतवार, कार्तिक ४ २०८१०३:३७
आइतवार, कार्तिक ४ २०८१०३:३७
  • images

    काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देशैभरिबाट विरोध गर्न आह्वान गरेका छन्।

    लामिछानेलाई प्रहरीले आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ।

    अदालत परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरेका छन्।

    ‘मलाई न्याय अदालतले दिन्छ, तर यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु,’ लामिछानेले भने, ‘मेरो लागि होइन, मलाई त अदालतले न्याय दिन्छ। अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्छ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend