२०८३, आश्विन २१ गते

images
  • समाचार
  • लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना,...

लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने

लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने

सोमवार, कार्तिक ५ २०८१०७:२२
सोमवार, कार्तिक ५ २०८१०७:२२
  • images

    काठमाडौँ । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । 

    जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा  मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख छ ।

    देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend