२०८३, कार्तिक २३ गते

  • कर्पोरेट
  • एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. द्वारा नेपालगञ्जमा...

एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. द्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा JCB मेसिन ग्राहकलाई हस्तान्तरण

एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. द्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा JCB मेसिन ग्राहकलाई हस्तान्तरण

images
शुक्रवार, कार्तिक २० २०८३०५:०४
शुक्रवार, कार्तिक २० २०८३०५:०४
  • images

    काठमाडौँ । नेपालमा JCB निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. ले पश्चिम नेपालका ग्राहकहरूका लागि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै नेपालगञ्जमा JCB AgriMax सार्वजनिक गरेको छ। कम्पनीद्वारा आयोजित “Partner in Progress” कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरिएको हो। होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजित कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) का केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष  लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल के.सी., महासंघ केन्द्रीय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल तथा एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा JCB AgriMax को आधिकारिक अनावरण गरे ।

    JCB AgriMax सामग्री ह्यान्डलिङ कार्यका लागि डिजाइन गरिएको बहुउपयोगी मेसिन हो। बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्प जस्ता परिवर्तनीय एट्याचमेन्टसहितको यो मेसिन कृषि, प्लाइउड उद्योग, आरएमसी तथा क्रसर प्लान्ट, ढुंगा-गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योग, साथै प्लान्ट एन्ड हायर व्यवसायलगायत विभिन्न क्षेत्रमा उपयोगी छ।

    कार्यक्रममा JCB 3DX Super, JCB 225 LCM Excavator तथा JCB Genset पनि प्रदर्शनीमा राखिएका थिए। यी उत्पादनहरूले निर्माण, अर्थमुभिङ तथा विद्युत् उत्पादनसम्बन्धी विभिन्न आवश्यकताका लागि JCB का विविध समाधानहरू प्रस्तुत गरेका थिए।

    कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा १० जना ग्राहकलाई JCB मेसिन हस्तान्तरण गरिएको थियो। एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत श्री तेजप्रसाद सुवेदीले ग्राहकहरूलाई मेसिनको साँचो हस्तान्तरण गर्नुभयो। यस हस्तान्तरणले JCB उत्पादनप्रति ग्राहकहरूको निरन्तर विश्वास र पश्चिम नेपालमा स्थापित सुदृढ व्यावसायिक साझेदारीलाई प्रतिबिम्बित गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend