२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ‘दाना’ चक्रवात र पश्चिमी वायुको प्रभावः...

‘दाना’ चक्रवात र पश्चिमी वायुको प्रभावः मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

‘दाना’ चक्रवात र पश्चिमी वायुको प्रभावः मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

शनिवार, कार्तिक १० २०८१०७:५२
शनिवार, कार्तिक १० २०८१०७:५२
  • images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभावसमेत रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू(भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू(भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend