२०८३, आश्विन २० गते

images
  • समाचार
  • धादिङमा दुई बस एकापसमा ठोक्किँयो, १३...

धादिङमा दुई बस एकापसमा ठोक्किँयो, १३ जना घाइते

धादिङमा दुई बस एकापसमा ठोक्किँयो, १३ जना घाइते

बुधवार, कार्तिक २१ २०८१०१:५०
बुधवार, कार्तिक २१ २०८१०१:५०
  • images

    काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

    काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।

    घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए । 

    तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend