२०८३, आश्विन २१ गते

images

बागलुङ बस दुर्घटनामा २१ जना घाइते

बागलुङ बस दुर्घटनामा २१ जना घाइते

सीएनएन खबर
बुधवार, कार्तिक २१ २०८१०६:१८
सीएनएन खबर
बुधवार, कार्तिक २१ २०८१०६:१८
  • images

    काठमाडौँ । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो । 

    दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए । गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ । 

    हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताए । उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend