२०८३, आश्विन २१ गते

images

कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

आइतवार, कार्तिक २५ २०८१०१:०४
आइतवार, कार्तिक २५ २०८१०१:०४
  • images

    काठमाडौं । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई विराटनगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । 

    नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा नियन्त्रणमा लिइएको हो  ।

    उनलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ । नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको अनुसन्धानबाट खुलेको छ ।
     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend