२०८३, आश्विन २० गते

images
  • समाचार
  • बाग्लुङ पिकअप दुर्घटनामा मृत्यु भएका पाँचै...

बाग्लुङ पिकअप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो

बाग्लुङ पिकअप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो

सोमवार, कार्तिक २६ २०८१०२:१५
सोमवार, कार्तिक २६ २०८१०२:१५
  • images

    काठमाडौं । बागलुङको छिस्ती केवैबाट बजार जादै गरेको पिकअप जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ ।

    मृतकहरुमा जिप चालक बागलुङ जैमिनी ८ केवैका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँकी २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षका कुल प्रसाद श्रीष रहेका छन् ।

    घाइते बागलुङ जैमिनी -८ का ४५ वर्षीय गंगा बहादुर श्रीषलाई उपचारका लागि बागलुङ अस्पताल पुर्‍याइएको छ । श्रीषको शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान ८ बजे दुर्घटनामा भएको थियो ।

    भ्यान सडकदेखि सात सय मिटरभन्दा तल खस्दा ५ जनाको मृत्यु भएको छ भने एक जना घाईते छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend