२०८३, आश्विन २१ गते

images

धरहराको लिफ्ट बिग्रियो, मान्छे जान रोकियो

धरहराको लिफ्ट बिग्रियो, मान्छे जान रोकियो

आइतवार, मंसिर २ २०८१०१:५५
आइतवार, मंसिर २ २०८१०१:५५
  • images

    काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएको दुई महिनामै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द गरिएको हो ।

    २०७२ को भूकम्पले ढलेपछि २०७५ सालदेखि धरहराको पुर्ननिर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पनि निर्माण पूरा नभई गत असोज ३ गते संविधान दिवसको दिनबाट सञ्चालनमा ल्याइएको थियो ।

    तत्काल परीक्षणका लागि खुला गरिएको धरहरामा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरिएको थियो । बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा साँधैका लागि खुला गरिएको फेरी चढ्न पाउनेको सङ्ख्या बढाएर एक हजार ५० पुर्‍याएको थियो । 

    जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो । हालसम्म २५ हजार ७४२ जना धरहरा चढेको तथ्यांकमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend