२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कोशीमा पहिचान पक्षधरले फेरि गरे आन्दोलन...

कोशीमा पहिचान पक्षधरले फेरि गरे आन्दोलन घोषणा

कोशीमा पहिचान पक्षधरले फेरि गरे आन्दोलन घोषणा

सोमवार, मंसिर ३ २०८१०४:०९
सोमवार, मंसिर ३ २०८१०४:०९
  • images

    काठमाडौं । कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्नेलगायत मागसहित आन्दोलन गरिरहरेका पहिचान पक्षधर संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ।

    समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवशको रुपमा मनाउने भएको छ। समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ।

    तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधि गर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा गरेको छ।

    सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ पुन:नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रम सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend