२०८३, आश्विन २१ गते

images

भाटभटेनीको छतबाट साढे १२ मेगावट सौर्य उर्जा निकालिने

भाटभटेनीको छतबाट साढे १२ मेगावट सौर्य उर्जा निकालिने

आइतवार, मंसिर ९ २०८१०२:१२
आइतवार, मंसिर ९ २०८१०२:१२
  • images

    काठमाडौं । देशभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी बिजुली निकालिने भएको छ । भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्यका लागि सम्झौता भएको हो ।

    समझौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ ।

    भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ । भाटभटेनीका सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ।

    यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भने कार्बन उत्सर्जनलाई पनि कम गर्ने विश्वास दुबै कम्पनीले लिएका छन् ।

    गो ग्रिन अन्तर्गत आगामी पुस्तालाई सचेत गराउनका लागि सौर्य उर्जामा लाग्न खोजिएको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend