२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • कोसोभोका मन्त्री र ललितपुर महानगर प्रमुखबीच...

कोसोभोका मन्त्री र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

कोसोभोका मन्त्री र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

मंगलवार, मंसिर ११ २०८१०३:०१
मंगलवार, मंसिर ११ २०८१०३:०१
  • images

    काठमाडौँ । नेपाल भ्रमणमा रहेका कोसोभोका स्थानीय सरकार तथा प्रशासन मन्त्री एल्बर्ट क्रिस्निक र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ । 

    पहिलो पटक नेपालको औपचारिक भ्रमणमा आएका मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले महानगर प्रमुखसँग पुल्चोकस्थित महानगरको कार्यालयमा भेटवार्ता गरेको हो । 

    मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले नेपालमा स्थानीय सकारको अभ्यास, उपलब्धि, अवसर र चुनौतिहरुको बारेमा जानकारी लिनका लागि महानगर प्रमुख चिरीबाबु महर्जनसँग भेटवार्ता गरेको हो । हेल्भेटास नेपालद्धारा नेपालमा संचालित कार्यक्रमहरुको अध्ययनको सिलसिलामा हेल्भेटास कोसोभोबाट आएको टोली सोमबार नेपाल आएको हो ।  

    पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित  महानगर आएका एल्बर्टलाई नगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जन, पूर्वाधार समितिका संयोजक चन्द्रलाल महर्जन, संस्कृति, पर्यटन समिति विकासमान श्रेष्ठ, शहरी विकास समितिका संयोजक  गणेश केसी , प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले स्वागत गरेका थिए । 

    मन्त्री एल्बर्टले कोसोभोका भौगोलिक, राजनीतिक अवस्थाको बारेमा जानकारी गराएका थिए । यसैगरी नगर महर्जनले नेपालको तीन तहको सरकार, उनीहरुको क्षेत्र लगायतका विषयमा कोसोभो मन्त्रीको प्रतिनिधिमण्डललाई जानकारी दिएका थिए । 

    महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षणमा प्रशस्तै काम गरेको बताए । सामाजिक सेवाको क्षेत्रमा पनि महानगरबाट धेरै काम सम्पादन भएको उनको दाबी थियो । 

    पेट्रोल, डिजेलबाट सवारीसाधनका कारण वातावरण प्रदुषण बढ्दै भएको बताउँदै ललितपुर महानगरले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्राथमिकतामा राखेको जानकारी गराए । 

    मन्त्री एल्बर्र्टले कोसोभोमा रहेका पालिकाहरुको प्रविधि, ज्ञान, सीप र असल अभ्यासहरु ललितपुर महानगरमा भित्राउन र अनुभव आदान प्रदानका लागि लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    उनले भने,‘यसका लागि म ललितपुरका मेयरसहितका जनप्रतिनिधि र कोसोभोका मेयरहरुबीच छलफल गराउन प्रयास गर्छु ।’ मन्त्री एल्बर्टका अनुसार कोसोभोमा केन्द्रीय र स्थानीय गरी दुई सरकारको व्यवस्था छ । स्थानीय सरकारले पालिकाहरुको लागि फण्डको व्यवस्था गर्नुपर्छ । 

    महानगर प्रमुख चिरीबाबु महर्जनले नेपालमा तीन तहको सरकार रहेको बताउँदै संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई क्षेत्रगत रुपमा सहयोग गर्ने बताए ।  

    कोसोभोका मन्त्री एल्बर्टले भेटघाट फलदायी भएको बताए । महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल भ्रमण एकपटक मात्रै पर्याप्त नभएको बताउँदै फेरि पनि ललितपुरसहित नेपाल आउन निम्तो दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend