काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार रातीदेखि निर्वाचन सम्पन्न नहुँदासम्म मदिराजन्य वस्तु तथा नशालु पदार्थहरुको बिक्री वितरणमा रोक लगाईएको जनाएको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा आज रातको १२ बजेदेखि मदिरा तथा नशालु पदार्थ बेचबिखनमा रोक लगाईएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरू बेचबिखनमा रोक लगाइएको बताएका हुन् ।
मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको मेयर पद र वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि निर्वाचन हुँदैछ । त्यस्तै काठमाडौं वडा नम्बर १६ मा पनि वडाध्यक्ष पदको लागि निर्वाचन हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।
निर्वाचन हुने सीमा क्षेत्रको ५०० मिटरभित्र पनि ती पदार्थहरू बेचबिखनमा निषेध गरिएको छ । उक्त आदेशको उल्लंघन गरेमा कारबाही गर्ने जनाएको छ ।

