२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • कैलालीमा ‘लम्कि महोत्सव’, पालिकाले दियो ३...

कैलालीमा ‘लम्कि महोत्सव’, पालिकाले दियो ३ दिन सार्वजनिक बिदा

कैलालीमा ‘लम्कि महोत्सव’, पालिकाले दियो ३ दिन सार्वजनिक बिदा

शुक्रवार, मंसिर १४ २०८१०२:३४
शुक्रवार, मंसिर १४ २०८१०२:३४
  • images

    काठमाडौँ । कैलालीको लम्किचुहा नगरपालिकाले स्थानीय महोत्सवका लागि भन्दै ३ दिन सार्वजनिक बिदा दिएको छ । 

    भदौ ६ गतेदेखि सुरु भएको लम्की महोत्सव मनाउन पालिकाले शुक्रबारदेखि आइतबारसम्म पालिकाभित्र सच्चालीत सबै विद्यालयमा सार्वजनिक बिदा दिएको हो । 

    महोत्सवमा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी र विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने भन्दै तीन दिन बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

    ‘लम्कीचुहा उघोग वाणिज्य संघको आयोजनामा यही मंसिर ६ गते देखि १६ गतेसम्म सञ्चालन भैरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले जारी गरेको सूचनामा भनिएको छ । 

    महोत्सवका नाममा तीन दिन बिदा दिने नगरपालिकाको निर्णयको भने व्यापक विरोध भैरहेको छ । महोत्सवको बहानामा पठनपाठन बन्द गर्ने कार्य गलत भएको विरोध भएको हो ।

    bidha.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend