२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • उपनिर्वाचनः महाबुमा एमाले, गढी–६ मा कांग्रेस,डाक्नेश्वरी...

उपनिर्वाचनः महाबुमा एमाले, गढी–६ मा कांग्रेस,डाक्नेश्वरी १ र ४ मा जसपा र सुर्मा–४ मा कांग्रेस को उम्मेदवार विजयी

उपनिर्वाचनः महाबुमा एमाले, गढी–६ मा कांग्रेस,डाक्नेश्वरी १ र ४ मा जसपा र सुर्मा–४ मा कांग्रेस को उम्मेदवार विजयी

सोमवार, मंसिर १७ २०८१०८:०१
सोमवार, मंसिर १७ २०८१०८:०१
  • images

    काठमाडौँ । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१  को नतिजा आउनेक्रम जारी छ । 

    दैलेखः दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा ९एमाले०का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन् । उनका कटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेका गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

    इनरुवाः सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का सन्तु उराँवले सात सय ७० मत प्राप्त गरे भने नेकपा ९माओवादी केन्द्र०का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिए ।

    सप्तरीः सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । डाक्नेश्वरी–१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी– मा  देवेन्द्रप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारीदिए ।

    बझाङः सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ  । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend