२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ र कीर्तिपुर–१मा कांग्रेसको...

काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ र कीर्तिपुर–१मा कांग्रेसको उम्मेदवार विजयी

काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ र कीर्तिपुर–१मा कांग्रेसको उम्मेदवार विजयी

सीएनएन खबर
सोमवार, मंसिर १७ २०८१०८:२१
सीएनएन खबर
सोमवार, मंसिर १७ २०८१०८:२१
  • images

    काठमाडौँ । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१  को थप नतिजा आउनेक्रम जारी छ । 

    काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भएकी छिन् ।
          
    आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मीरत्न महर्जनले  दुई हजार दुई सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । 

    कीर्तिपुर, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हर्ष महर्जनले चार सय ९८मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

    ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले) का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरेका थिए । यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवार विजय हासिल भएका थिए । 

    मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)  का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन । यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार  निर्वाचित भएका थिए ।

    महोत्तरी , यहाँको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा ९एमाले०का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएकी छिन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend