काठमाडौँ । सल्यानको कपुरकोट गाउँपालिकाले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पालिकाको आयोजना र राप्ती लाइफ केयर अस्पताल दाङको प्राविधिक सहयोगमा शनिबार एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
एक दिने शिविरमा ७ सय ४५ जनाले निशुल्क सेवा लिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीली जानकारी दिए । उनका अनुसार एक दिने शिविरमा स्त्री रोगसँग सम्बन्धीत रहेका १०३ जना, नाक, काट, घाँटीमा १३७, हाडजोर्नी तथा नशारोगमा २०३ र मेडिसिन सम्बन्धीमा २१८ जनाले सेवा लिएका थिए ।
यस्तै, ८४ जनाको ल्याव परिक्षण, ३३ जनाको भिडियो एक्सरे र ४ जनालाई भर्ना गरि इमरजेन्सी सेवा प्रदान समेत गरिएको थियो ।
पालिकाका अध्यक्ष दुर्गा बहादुर पुन र हस्पिटलका अध्यक्ष हरि रिजालले त्रैमासिक रुपमा कपुरकोटमा स्वास्थ्य शिविर आयोजना गर्ने बताएका छन् ।
उनीहरुले कपुरकोट आधारभूत अस्पतालले त्र्रमासिक रुपमा विशेषत्र सहितको स्वास्थ्य शिविर आयोजना गर्ने, अस्पतालले स्क्रिनिङ वा सिफारिस गरेका बिरामीलाई राप्ती अस्पतालले छुट र अति विपन्नका लागि निशुल्क उपचार गर्ने सहमती गरेको पालिकाले जनाएको छ ।

