२०८३, आश्विन २० गते

images
  • समाचार
  • सिरियामा रहेका सेनाहरूको अवस्था सामान्य :...

सिरियामा रहेका सेनाहरूको अवस्था सामान्य : नेपाली सेना

सिरियामा रहेका सेनाहरूको अवस्था सामान्य : नेपाली सेना

सोमवार, मंसिर २४ २०८१०९:५९
सोमवार, मंसिर २४ २०८१०९:५९
  • images

    काठमाडौं । नेपाली सेनाले सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको जानकारी दिएको छ। मंसिर २२ गते संयुक्त राष्ट्र संघको युएनडीओएफ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०-ए सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेका थिए।

    तर उनीहरूको प्रवेशपछि पनि सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको सेनाले सोमबार विज्ञप्तिमार्फत जानकारी दिएको छ। शान्ति सैनिकको चेतावनीका बाबजुद पनि हतियारधारी समूह सुरक्षा पोस्टमा जबर्जस्ती प्रवेश गरेका थिए। उक्त पोस्टसँगै राष्ट्र संघीय मिसन अन्तर्गत सिरियाका विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकहरू पनि सुरक्षित रहेको जानकारी सेनाले गराएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend