२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि लामिछाने फाउन्डेशनमा रकम हिनामिनाको शंका...

रवि लामिछाने फाउन्डेशनमा रकम हिनामिनाको शंका छः मुकुल ढकाल

रवि लामिछाने फाउन्डेशनमा रकम हिनामिनाको शंका छः मुकुल ढकाल

बिहिवार, मंसिर २७ २०८१०२:०१
बिहिवार, मंसिर २७ २०८१०२:०१
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा हिनामिना नभएको बताएका छन्। रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसनको विषयमा आएको समाचारको विषयमा मेरो ध्यानाकर्षण भएको बताउँदै उनले सो कुरा बताएका हुन्।

    ढकालले रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुई वटा फरक संस्था रहेको बताउँदै रवि लामिछाने फाउन्डेशनमा भने रकम हिनामिना हुन सक्ने बताएका छन्।

    उनले लेखेका छन्, 'रवि लामिछाने फाउन्डेशनको पैसाको हिना मिनाको शङ्का मलाई त्यतिबेला नै लागेको थियो र मैले तत्कालीन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिए। दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिए, र केही चेकमा मेरो हस्ताक्षर पनि छन् र मैले काटेको चेक कुनै हिनामिनामा संलग्न छैन र म त्यसको पूरै जिम्मेवारी लिन्छु।'

    उनले फाउन्डेसन र अस्पतालको विषयमा रवि लामिछाने, डिपि अर्याल, दिपक बोहोरा, निकिता पौडेल र आफूमाथि छानबिन गर्न पनि आग्रह गरेका छन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend