२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पश्चिमी वायुको आंशिक प्रभाव: देशैभरको मौसम...

पश्चिमी वायुको आंशिक प्रभाव: देशैभरको मौसम आंशिक बदली

पश्चिमी वायुको आंशिक प्रभाव: देशैभरको मौसम आंशिक बदली

शुक्रवार, मंसिर २८ २०८१०९:२५
शुक्रवार, मंसिर २८ २०८१०९:२५
  • images

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिक बदली छ। तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागिरहेको छ। 

    आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। आइतबार दिउँसो र राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

    आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend