२०८३, आश्विन २१ गते

images

काठमाडौँ महानगरमा आज शोक बिदा

काठमाडौँ महानगरमा आज शोक बिदा

सोमवार, पौष १ २०८१०९:२०
सोमवार, पौष १ २०८१०९:२०
  • images

    काठमाडौँ । काठमाडौा महानगरपालिकाका पूर्व प्रमुख एवंम महानगर घोषणा गर्ने पिएल सिंहको मृत्यु भएको छ । उनको पुस १ गते आफ्नै निजी निवासमा निधन भएको महानगरपालिकाले जनाएको छ । 

    उनै सिंहले २०५२ मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाका रुपमा घोषणा गरेका थिए । महानगरले सोमबार एक विज्ञप्ती जारी गर्दै सिंहको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । 

    उनको निधनमा महानगरले शोक बिदाको घोषणा गर्दै आज अति आवश्यक बाहेकका सेवा प्रवाह बन्द रहेको जनाएको छ । 

    ‘प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने निर्देशानुसार अनुरोध गरिन्छ’, विज्ञप्तीमा भनिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend