काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले सामाजिक सञ्जालमा भाइरल भएको प्रहरी हिरासत कक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको तस्बिरबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त तस्बिरमा हिरासतमा सुतिरहेको व्यक्तिको अस्पष्ट अवस्था देखिएको र उक्त तस्बिर डा. निकोलस भुसालको फेसबुक पेजबाट सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यो तस्बिरले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दाको अनुसन्धानमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ ।

