२०८३, आश्विन २१ गते

images

प्रधानमन्त्रीले नियुक्त गरे दुई विश्वविद्यालयमा नयाँ उपकुलपति

प्रधानमन्त्रीले नियुक्त गरे दुई विश्वविद्यालयमा नयाँ उपकुलपति

आइतवार, पौष ७ २०८१०९:४४
आइतवार, पौष ७ २०८१०९:४४
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसीलाई नियुक्त गरेका छन् ।

    दुवै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गरेका उनको सचिवालयले जनाएको छ ।

    नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष रहेका प्राडा नेपालले यसअघि विश्वविद्यालयका परीक्षा नियन्त्रक भएरसमेत काम गरिसकेका छन् ।

    नेपाल प्राध्यापक सङ्घ, नेपाल संस्कृत विश्वविद्यालयको महासचिव रहेर पनि काम गरिसकेका छन् । प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपालले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपतिमा नियुक्त भएका हुन् ।

    यसैगरी पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त केसीले १२ जना प्रतिस्पर्धीलाई पछि पार्दैै उपकुलपति नियुक्त भएका हुन् । केसी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend