२०८३, आश्विन २१ गते

images

घट्यो काठमाडौंको तापक्रम

घट्यो काठमाडौंको तापक्रम

सीएनएन खबर
बिहिवार, पौष ११ २०८१०८:००
सीएनएन खबर
बिहिवार, पौष ११ २०८१०८:००
  • images

    काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।

    बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएकामा आज ह्वात्तै घटेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।हिजो काठमाडौंको आकाशमा बादल लागिरहेको थियो। त्यसकारण न्यूनतम तापक्रम घट्न पाएन। त्यसको तुलनामा आज कम छ त्यसकारण न्यूनतम तापक्रम घटेको हो,’  मौसमविद् मानन्धरले भनिन्।

    मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो। त्यसअघि पनि न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा भन्दा केही कम अथवा केही बढी मापन भएको थियो। 

    मौसमविद् मानन्धरले देशभरिको तापक्रम घट्दो क्रममा रहेको बताइन्।

    ’पुसको महिना सबैभन्दा चिसो महिना हो। स्वभाविक रूपमा न्यूनतम तापक्रम घट्छ । माघको दोस्रो÷तेस्रो हप्तापछि  लागेपछि न्यूनतम तापक्रम बढ्ने क्रम सुरू हुन्छ,’ उनले भनिन्।

    भोलि साँझदेखि वर्षा र हिमपातको सम्भावना भएकाले तापक्रम अझै घट्ने सम्भावना रहेको पनि मौसमविद् मानन्धरले जानकारी दिइन्।

    काठमाडौंमा बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने अनुमान छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend