काठमाडौं । लमजुङ राइनास नगरपालिका वडा नं. ५ तिनपिप्लेमा रहेको मस्र्याङ्दी एग्रो फार्ममा आगलागि भएको छ । आगलागिमा २५ सय ब्रोइलर कुखुरा जलेर नष्ट भएका छन् ।
फार्म सञ्चालक जीवनतारा भट्टले आगलागिबाट फार्ममा रहेका २५ सय कुखुरा जलेर नष्टको बताए । आगलागिबाट ८ लाख बरावरको कुखुरा र ७ लाख बरावरको अन्य संरचना गरी करिब १५ लाख बराबरको क्षति भएको छ । फार्ममा विद्युत् सर्ट आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।

