२०८३, आश्विन २१ गते

images

कांग्रेसको १०० दिने विशेष अभियान : काम सक्न बाँकी जिल्लालाई समय थप

कांग्रेसको १०० दिने विशेष अभियान : काम सक्न बाँकी जिल्लालाई समय थप

सीएनएन खबर
बिहिवार, पौष ११ २०८१०३:४३
सीएनएन खबर
बिहिवार, पौष ११ २०८१०३:४३
  • images

    काठमाडौं । नेपाली कांग्रेसले‘१०० दिने विशेष अभियान’ अन्तर्गत काम सक्न बाँकी जिल्लालाई समय थप गरेको छ ।  मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार  केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियान सम्पन्न हुन नसकेको हो ।

    ती जिल्लाहरूले सहिद दिवसका दिन १६ माघमा समापन गर्ने गरि समयावधि थप गरिएको उनको भनाई छ । जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबै साथीहरूलाई थप अवधिमा सांगठनिक रूपले गर्न/गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन निर्देशनसमेत दिइएको छ । 

    पार्टीको केन्द्रीय कार्यसमितिको २०८१ श्रावण २३ देखि भाद्र १६ सम्म बसेको बैठकको निर्णय बमोजिम सांगठनिक गतिविधि प्रभावकारी बनाउन २०८१ असोज ७ मा प्रारम्भ भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पौष १६ मा समापन हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend