काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ६० जिल्लामा भेला गरेर तदर्थ समिति गठन गरेको छ । २०८२ वैशाख अन्तिम साता प्रथम महाधिवेशन गर्ने कार्यतालिका अनुसार जिल्ला भेला भइरहेको रास्वपाले जनाएको छ ।
पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार १२ जिल्लामा भेलाका मिति तय गरिएको आयोगले जनाएको छ ।
हिमाली जिल्ला मध्ये पाँच स्थानमा भने जाडोको समयमा भेला सम्भव नभएकाले फागुनमा हुने बरालले जानकारी गराए । मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला र पूर्वी रुकुममा जाडो समय सकिएपछि भेला गरेर नयाँ समिति बन्ने बरालले जानकारी गराए । करिब चार सय वडामा भेला सकिएको रास्वपाले जानकारी दिएको छ ।
‘अहिले बनेको अधिवेशनका लागि तदर्थ समिति हो । भेला सकिएका ठाउँको नयाँ नेतृत्वमा धेरै पुरानै अनुहार छन्,’ बरालले भने ।
पार्टी सभापति रवि लामिछानेको पक्राउका कारणले पूर्व निर्धारित कार्यतालिका प्रभावित भएको रास्वपाले जनाएको छ । पार्टी सभापति रवि लामिछानेको पक्राउका कारणले पूर्व निर्धारित कार्यतालिका प्रभावित भएको रास्वपाले जनाएको छ । सभापति पक्राउ पर्नुभयो । पार्टी आन्दोलनमा लाग्यो । त्यस्तो नभएको भए कात्तिकमै जिल्ला भेला सक्ने थियौं,’ बरालले भने ।

