२०८३, आश्विन २१ गते

images

सहकारी ठगी प्रकरणः मिलापत्र गरेर छुटे भरत जंगम

सहकारी ठगी प्रकरणः मिलापत्र गरेर छुटे भरत जंगम

सोमवार, पौष १५ २०८१०३:१७
सोमवार, पौष १५ २०८१०३:१७
  • images

    काठमाडौं । साई स्वागत सहकारीको ठगी आरोपमा पक्राउ परेका भरत जंगम छुटेका छन्। पीडितसँग मिलापत्र गरेर उनी छुटेका हुन्। 

    सहकारीका पूर्वअध्यक्ष जंगमविरुद्ध उजुरी परेपछि गत ७ पुसमा काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो। पीडितलाई पैसा फिर्ता दिने गरी मिलापत्र गरेर उनी गत साता नै छुटेका छन्।

    काठमाडौं प्रहरीका एक अधिकारीका अनुसार ‘गुड फर पेमेन्ट’ चेक दिएर उनले मिलापत्र गराएका हुन्। संगठित अपराधको कसुर नजोडेको अवस्थामा सहकारी ठगीको मुद्दामा जुनसुकै तहमा पनि मिलापत्र गर्न सक्ने प्रावधान छ। जंगमसँगै पक्राउ परेका सहकारीका कोषाध्यक्ष लुमन दाहाल पनि छुटेका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend