२०८३, आश्विन २१ गते

images

प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ:सिटौला

प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ:सिटौला

मंगलवार, पौष १६ २०८१०२:१३
मंगलवार, पौष १६ २०८१०२:१३
  • images

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे पनि नीतिगत नेतृत्व भने नेपाली कांग्रेसले गरिरहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवम् सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेपनि सरकारको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको बताएका हुन् ।

    समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व काँग्रेस पार्टीले गरिरहेको उनको दाबी छ । सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताए ।

    उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बतए । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोहोर्‍याउनुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend