काठमाडौँ । मन्त्रिका सल्लाहकार समेत रहेका एमाले नेता हर्कराज राईले प्रतिनिधि सभा सचिवको जिम्मेवारी पाएका छन् ।
हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सल्लाहकारका रुपमा रहेका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सचिवमा नियुक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरेले आइतबार हर्कराज राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सभाखुको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई नियुुक्त गरेका हुन् ।

