२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कालिमाटीमा बुधबारका लागि तरकारीको मूल्यः सस्तियो...

कालिमाटीमा बुधबारका लागि तरकारीको मूल्यः सस्तियो हरियो प्याज, बढ्याे गोलभेँडाको मूल्य

कालिमाटीमा बुधबारका लागि तरकारीको मूल्यः सस्तियो हरियो प्याज, बढ्याे गोलभेँडाको मूल्य

बुधवार, पौष १७ २०८१०७:३७
बुधवार, पौष १७ २०८१०७:३७
  • images

    काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

    समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

    आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम ९०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी ३० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी ४५ रुपैयाँ, आलु रातो प्रतिकेजी  ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी १३० रुपैयाँ, तराई गाजर प्रतिकेजी १२० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ कायम भएको छ ।

    यसैगरी बन्दा (नरिवल) प्रतिकेजी ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ६० रुपैयाँ, काउली (तराई) प्रतिकेजी २५ रुपैयाँ, मूला रातो प्रतिकेजी ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ६० रुपैयाँ, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ, मटरकोसा प्रतिकेजी १५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ, घिउ सिमी (राज्मा) ९०रुपैयाँ, टाटे सिमी प्रतिकेजी ६०रुपैयाँ निर्धारण गरिएको छ ।

    समितिले तिते करेला प्रतिकेजी११०, लौका प्रतिकेजी ६०, स्कुस प्रतिकेजी ३५, रायो साग प्रतिकेजी ३०, पालुङ्गो प्रतिकेजी ९०, चमसुर प्रतिकेजी  ९०, तोरीको साग प्रतिकेजी ५०, मेथी साग प्रतिकेजी ९०, तरुल प्रतिकेजी ८०, च्याउ कन्य प्रतिकेजी  १००, च्याउ डल्ले प्रतिकेजी ४००, राजा च्याउ प्रतिकेजी ३००, सिताके च्याउ ८००, हरियो धनिया प्रतिकेजी ७०, ब्रोकाउली प्रतिकेजी ४०, गान्टेमुला प्रतिकेजी ८०, तामा प्रतिकेजी१००, तोफु प्रतिकेजी १२०, कागती प्रतिकेजी  १३०, लोकल काँक्रो प्रतिकेजी १२०, काँक्रो (हाइब्रिड) प्रतिकेजी ९०, लप्सी प्रतिकेजी ६० र गुन्द्रुकको मूल्य प्रतिकेजी ३०० तोकेको छ ।

    यसैगरी, झोले स्याउ प्रतिकेजी २६०, फुजी स्याउ प्रतिकेजी ३००, केरा प्रतिदर्जन १७०, अङ्गुर हरियो प्रतिकेजी २५०, अङ्गुर (कालो) प्रतिकेजी ३८०, मेवा (नेपाली) प्रतिकेजी ७०, मेवा (भारतीय) प्रतिकेजी १००, अम्बा प्रतिकेजी ११०, एभोकाडो प्रतिकेजी २५० निर्धारण गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend